राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न हुन्न : रेशम चौधरी

राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न हुन्न : रेशम चौधरी

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले राजनीति गर्ने नाममा निर्दोष मान्छेहरूलाई जेलमा राख्न नहुने बताएका छन्। दाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

टीकापुर घटना घटाउने असली ‘हत्याराहरू’को खोजीनिती गर्न माग गर्दै नेता चौधरीले भने, ‘असली हत्याराहरूको खोजीनिती गरौँ न। खोजीनिती गर्न सघाउनको लागि रेशम चौधरी तयार छ’, उनले थपे, ‘टीकापुर घटनाको बारेमा अतिरञ्जित कुरा नगर्नुहोस्, टीकापुर घटनामा सबैभन्दा पहिला रामविहारी थारु सहिद भएका थिए। एउटा थरुहट आन्दोलनमा एउटा थारु सिपाही मारिन्छ, यो सम्भव कुरा हो, अहँ होइन। यो केलाइनुपर्छ। गलत कुराको अन्त्य गरिनुपर्छ, पीडितले न्याय पाउनुपर्छ।’

Skip This
Skip This
Logo