पारवाहन सन्धिबाट तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुल्योः प्रधानमन्त्री

पारवाहन सन्धिबाट तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुल्योः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको सम्झौताले नेपालको  पारवाहन अधिकारलाई थप सुनिश्चित गरेको बताएका छन् । याेसँगै तेस्रो मुलुकसँग व्यापार गर्न बाटो खुलेको उनको भनाई । 

भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा सात बुँदे सहमति भएको र त्यसले तेस्रो मुलुकसँगको व्यापारका लागि पारवाहन अधिकार सुनिश्चित गरेको बताए । नेपाल–भारत पारवाहन सन्धिले मल्टिमोडल ढुवानीको माध्यमबाट पारवाहन सुविधा सुनिश्चित भएको उनले बताए । 

उनले भने,‘नेपाल भारत पारवाहन सन्धिबाट तेस्रो मुलुकसँगको व्यापार पहुँचमा नेपालको पारवाहन अधिकार सुनिश्चित भएको छ ।’ 

पारवाहन सन्धिमा दूरगामी महत्वका नयाँ प्रावधान सामेल भएको हुँदा नेपाललाई दीर्घकालीन रुपमा फाइदा पुग्ने उनको दावी छ । बीरगञ्जबाहेक भैरहवा र विराटनगर तथा भविष्यमा विकास हुने अन्य नाकाहरुबाट समेत सिमेन्ट, कोइला लगायतका विविध सामग्री ढुवानी गर्न नेपाललाई सहज हुने उनले सभामा जानकारी गराए । 

Skip This
Skip This
Logo