राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टोक्ति- भारतले जारी गरेको नक्सा राजनीतिक हाेइन

राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टोक्ति- भारतले जारी गरेको नक्सा राजनीतिक हाेइन

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद् भवनमा राखिएको अखण्ड भारतको नक्सामा नेपालको भू-भाग समेटिएकोप्रति आफ्नो भारत भ्रमणको समयमा कुरा राखेको बताएका छन्।  

बुधबार राष्ट्रिय सभाका सांसदहरुले उक्त नक्साको बारेमा प्रधानमन्त्री दाहालसँग जवाफ माग गरेपछि उनले आफ्नो भारत भ्रमणको समयमा कुरा राखेको र सो नक्सालाई राजनीतिक रुपमा हेर्न नहुने भारतीय पक्षको भनाई रहेको बताए। 

उनले भने,‘भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरुले यो कुनै राजनीतिक नक्सा होइन्,ऐतिहासिक र साँस्कृतिक नक्सा हो। यसलाई राजनीतिक रुपले हेर्न हुदैन भन्ने उहाँहरुको जवाफ थियो।’नक्सा बारे अध्ययन र छलफल गर्न बाँकी रहेको बताएका प्रधानमन्त्री दाहालले भारतमा गएर कुरा नै उठाएन भन्ने कुरा झुटो भएको बताए।

Logo