सरकारले स्टार्टअप कार्यक्रमको बजेट बढाउन आवश्यक छः दिलेन्द्र बडू

सरकारले स्टार्टअप कार्यक्रमको बजेट बढाउन आवश्यक छः दिलेन्द्र बडू

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सरकारले स्टार्टअप कार्यक्रमको बजेट बढाउन आवश्यक रहेको बताएका छन् । 
 
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले बजेटमा राखिएको स्टार्टअप कार्यक्रम स्वागतयोग्य रहेतापनि अझै प्रभावकारी बनाउन फण्ड बढाउनु पर्ने बताएका हुन्। 

उनले भने,‘स्टार्टअप कार्यक्रमलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड फण्डको निर्माण भएको छ। यो स्वागत योग्य विषय हो। वास्तमा स्टार्टअप कार्यक्रमबाट युवाहरूमा रहेको स्किललाई र उनीहरूभित्र रहेको उद्यमशीलतालाई हामी व्यवसायमा रूपान्तरण गर्ने एउटा अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो यो। यसलाई अझै प्रभावकारी बनाउन यो फन्ड बढ्नुपर्छ। यसमा केन्द्रिय सरकार,प्रदेश सरकार र स्थानीय सरकारको पनि योगदानमा अब यो फन्ड बढाऔँ।’ 

निजी क्षेत्रसँग सहकार्य गरेर स्टार्टअप कार्यक्रमबाट युवाहरुलाई रोजगारीमा जोडेर बेरोजगारको समस्या समाधान गर्न सकिने उनको भनाइ छ। 

Logo