देश आर्थिक मन्दीमा गइसकेको सांसद पौड्यालको टिप्पणी

देश आर्थिक मन्दीमा गइसकेको सांसद पौड्यालको टिप्पणी

केन्द्रबिन्दु
0
Shares

पूर्वपरराष्ट्र मन्त्री तथा राष्ट्रिय सभा सदस्य बिमला राई पौड्यालले देश आर्थिक मन्दीमा गईसकेको टिप्पणी गरेकी छन् । 

बुधवार राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को बजे छलफलमा भाग लिँदै सांसद पौड्यालले देशको पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा देश आर्थिक मन्दीमा गईसकेको बताएकी हुन् । उनले भनिन्, ‘पुँजीगत खर्च र राजस्व संकलनको तरलता हेर्दा हाम्रो देश अहिले आर्थिक मन्दीमा गईसकेको छ । चालु आर्थिक वर्षमा मात्र तीन खर्ब राजस्व घट्ने देखिन्छ यसको भार विकास खर्चमा पर्छ ।’ 

सांसद पौड्यालले अहिले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य भनिएता पनि मंसिरमा गएर संशोधन गरी कति प्रतिशतमा झर्ने हो टुङ्गो नभएको तर्क गरिन् ।

Skip This
Skip This
Logo