सांसद गोकुल बास्कोटाले निर्वाचन आयोग नै खारेज गर्न सरकारलाई चुनौती दिएका छन् ।
आगामी वर्षको बजेटमाथि संसदमा जारी छलफलमा भाग लिदैँ सांसद बास्कोटाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयप्रति चर्को आक्रोश पोखेका हुन् । ‘मतदातामा नाम पनि आफै थप्ने । मतदान केन्द्र पनि आफै तोक्ने । निर्वाचन आयोगै पनि खारेज गरे हुन्छ अब किन भने वक्ति निभाउन पनि झन्झट परेन क्या पुलिस लगाउँदै भयो नि त सत्तापक्षलाई, चपाउन पनि परेन ।’ उनले भने, ‘अनि लोकतन्त्रको दवाई । सुशासनको दवाई । यो खालको कुरा गरेर हिँड्नुभएको छ ।’
अधिकांश विकासका काम केपी ओली नेतृत्वको सरकारमा भएका दाबी गर्दै सांसद बास्कोटाले अहिलेको बजेटले आम नागरिकलाई निराशा थपेको जिकिर गरे । ‘त्यही सरकारले अगाडि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्धका सम्पूर्ण कुरालाई बजेटमा समेटेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस् न हामी दुई हातले ताली ढोक्छौं, नाचौंला पनि हामी कुनै चेत नभएको विपक्षीजस्तो होइन ।’ उनले भने ।
बजेट निर्माणको बेलामा अहिले मुसो नपसेपनि कागज गडबढ गर्नका लागि पहिलाकै मान्छेले अहिले पनि राखेको सांसद बास्कोटाको भनाई छ ।





























प्रतिक्रिया