राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले विदेशमा रहेका नेपालीप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाएकी छन् ।
बिहीबार प्रतिनीधिसभाको बैठकमा शुन्य समयमा सांसद कठायतले पोर्चुगलमा रहेका नेपालीहरुप्रति सरकारले आफ्नो दायित्व निर्वाह नगरेको गुनासो गर्दै उनले देशमा रोजगार नपाएर बाध्यतावस विदेशिएका नेपालीहरुको आवाजलाई वेवास्ता नगर्न ध्यानाकर्षण गराइन् ।
‘मलाई पोर्चुगलमा बस्ने नेपालीहरुबाट निकै नै प्रश्नहरु आएको छ । के हामीप्रति नेपाल सरकारको केही दायित्व छैन् ? आफ्नो देशमा रोजगार नभएर हामी घर भन्दा धेरै टाढा आईपुयौं । तर हामीलाइै केही गाह्राे सारो पर्दा नेपाल सरकार कतै पनि छैन । सभामुखद्धारा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भनिन् ।
सरकारले यो विषयलाई प्राथमिकतामा राख्न उनले माग गरेकी छन् ।





























प्रतिक्रिया