प्रचण्डको पशुपति दर्शनमाथी बाबुरामको टिप्पणीः राजनीतिक प्रेरित

प्रचण्डको पशुपति दर्शनमाथी बाबुरामको टिप्पणीः राजनीतिक प्रेरित

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति दर्शन माथी प्रश्न उठाएका छन्। 

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन्। 

‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन,त्यो उसको निजी आस्थाको कुरा हो,’भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्विर राख्दै लेखेका छन्,‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ,त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ।’

Logo