उमेरहदको प्रश्नमा अध्यक्ष ओलीको जवाफ- ‘यी चित्रहरु राम्रा छन्’

उमेरहदको प्रश्नमा अध्यक्ष ओलीको जवाफ- ‘यी चित्रहरु राम्रा छन्’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू फेरि पार्टी अध्यक्ष बन्न पाउने गरी भएको निर्णयबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित १५ दिन लामो राष्ट्रिय कला प्रदर्शनीको अवलोकनका लागि आर्ट काउन्सिल पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई पत्रकारले सोधेको 'पुनः अध्यक्ष बन्न पाउने गरी पार्टीले गरेको निर्णयबारे के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने- ‘हेर्नुहोस् न यी चित्रहरु राम्रा छन् ।’ 

उनकाे जवाफपछि हलमा हाँसो चलेको थियो । 

कला प्रदर्शनीको अवलोकनका लागि उनी आइतवार मध्यान्ह बबरमहलस्थित आर्ट काउन्सिल पुगेका अध्यक्ष ओलीले पुराना कलाको संरक्षण र नयाँ कलाको विकास पनि गर्नुपर्ने दायित्व रहेको बताए। कलाको विकासका लागि निरन्तर सिर्जना र त्यसको प्रदर्शनी महत्वपूर्ण पक्ष भएको उनले बताए । 

उनले भने ‘यस्तो आर्टहरुको सिर्जना र ती आर्टहरुको प्रदर्शनी। त्यसले अरुलाई प्रोत्साहीत गर्छ । इतिहास बुझ्न पनि प्रोत्साहीत गर्छ ।’ प्रर्दशनी नेपाली कला र संस्कृतीको संरक्षणका लागि युवा पुस्तालाई यसमा सहभागि गराउनु पर्ने बताए । 

विश्वमै कलाका धनी देश नेपाललाई थप यो गणतन्त्र दिवसको दिन औपचारिक रुपमा सुरु भएको प्रदर्शनीको आज १३ औं दिन दिन हो । प्रदर्शन अब दुईदिन चल्नेछ । प्रर्दशनीमा ६ सय कलाकारका कला प्रदर्शनीमा राखिएको छ । नेपालको राजनीति कलाकारले बताएको चित्र जस्तै भएको टिप्पणी गरेका छन् ।

Logo