माओवादीकाे नेतृत्वमा ठूला राजनीतिक परिवर्तन भएपनि जनताले अनुभूति गर्न पाएनन्ः गृहमन्त्री श्रेष्ठ

माओवादीकाे नेतृत्वमा ठूला राजनीतिक परिवर्तन भएपनि जनताले अनुभूति गर्न पाएनन्ः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हरहालतमा सरकारलाई सफल बनाउनु सबैको दायित्व भएको बताएका छन् । 

पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समृद्धिको यात्रालाई तीव्र पार्नुपर्नेमा जोड दिँदै जनआकाङ्क्षा पूरा गर्न वर्तमान सरकार सफल हुनुपर्ने दाबी गरेका हुन् । 

उनले माओवादी नेतृत्वमा देशमा ठूलो राजनीतिक परिवर्तन भएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको पनि स्विकार गरे ।

“माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धको बलमा राजनीतिक परिवर्तन भयो, तर आर्थिक सामाजिक रुपान्तरण हुन सकेको छैन”, उनले भने, “ऐतिहासिक राजनीतिक परिवर्तनले निर्देश गरेको र जनताले अपेक्षा गरेको सामाजिक आर्थिक रुपान्तरणको अनुभूति भएको छैन, केही उपलब्धि भएका छन् तर जुनस्तरको हुनपथ्र्यो, त्यसो हुनसकेको छैन, यसलाई वर्तमान सरकारले सार्थक बनाउनेछ ।”

Skip This
Skip This
Logo