नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका होः स्वर्णिम वाग्ले

नेपालको हरेक हस्ताक्षर घुस खुवाउने र खाने मौका होः स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले प्रत्येक हस्ताक्षर घुस खुवाउने र खाने कार्यको लागि मात्र भएको टिप्पणी गरेका छन् । 

बुधवार काठमाडौंमा आयोजित बर्जर बिजनेस सम्मेलनमा सांसद वाग्लेले ५० वर्षमा देशमा धेरै गलत प्रवृति हावी भएको दाबी गरेका हुन् । ‘नेपालमा प्रत्यक हस्ताक्षर घुस खुवाउने, खाने मौका हो । हामी सरकारमा आयौँ भने सबै प्रक्रिया समयलाई डिजिटलाइज गदिर्ने छौं ।  घरमै बसेर काम गर्न सक्ने बद्मासी गरेको छ भने पनि पछि पक्रिन सकियोस् । तर हाम्रो यो ५० वर्षदेखिको विरासतलाई हामीले परिवर्तन गनुपर्छ ।’

सांसद वाग्लेले सबै व्यवसायलाई व्यापार सुरु भएदेखि टाट पल्टेको अवस्थासम्मको अवस्थालाई सुधार गर्ने बताए । राज्यको ढुकुटी राम्रो भए मात्र हरेक क्षेत्रले विकास मोड लिने उनको भनाई छ । 

Skip This
Skip This
Logo