नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेट विनियोजन हुनुपर्ने क्षेत्रमा नभएर अनावश्यक क्षेत्रमा छुट्याइएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभामा प्रस्तुत खर्च कटौतीको प्रस्ताव र विनियोजन विधेयकमाथिको छलफलमा सांसद सुवालले बजेट बढी छुट्याएको जिल्लाको औचित्य पनि संसदमा पेश गर्नुपर्ने बताए।
उनले भने ‘प्रधानमन्त्री जी, पूर्वप्रधानमन्त्री देउवा जी, अर्थमन्त्री जी र भौतिक पूर्वाधारमन्त्री जी ४ जनाको निर्वाचन क्षेत्र र जिल्लामा ५१ प्रतिशत बजेट विनियोजन भयो भनेर आएको छ। लेखासहितको हिसाव चारै जनालाई यो संसदमा स्पष्ट पार्न लगाउन आवश्यक छ। र, महिलाहरुको शीर्षकमा बजेट आउनुपर्ने चेलीवेटी बेचविखन र ओसार पसार गर्ने, मानव बेचविखन नियन्त्रण गर्ने कार्यका लागि बजेट आउनु पर्ने, मानव अधिकारको गम्भीर उल्लघंन गर्नेहरुलाई मृत्युदण्ड समेतको सजाय बन्दोबस्त गर्न कानून ल्याउन भनेर यहाँ विषय आउनु पर्ने हो,ठूला भ्रष्टाचारी तथा देशद्रोहीलाई मृत्युदण्ड दिने भनेर आउनु पर्ने हो,त्यस्तो पनि आएन,त्यसैले यो बजेट उपयुक्त भएन।’





























प्रतिक्रिया