रवि लामिछानेको दाबीः ‘देश दौडानमा छौं, अर्काे चुनावमा रास्वपा पहिलो पार्टी पक्का’

रवि लामिछानेको दाबीः ‘देश दौडानमा छौं, अर्काे चुनावमा रास्वपा पहिलो पार्टी पक्का’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब २०८४ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन् । 

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको सन्दर्भमा आयोजित रक्तदान र वृक्षारोपण कार्यक्रममा सभापति लामिछानेले २०८४ साल सम्ममा स्वतन्त्र पार्टी सबैभन्दा धेरै सदस्य भएको ठुलो पार्टी बन्ने जिकिर गरेका हुन् । 

उनले भने,‘झण्डै १२ लाख जनताले घण्टीमा भोट हाल्नु भयो उहाँहरु सबै हाम्रो सदस्य होईन, भोली पनि यो देशमा सबै भन्दा बढि सदस्यता लिने पार्टी स्वतन्त्र पार्टी हुन्छ ढुक्क हुनुहोस् । देश दौडानमा हिँडिरहेका छौं, २०८४ सालमा नेपाली जनताले जिताएर पठाएको सबै भन्दा ठूलो पार्टी पनि हुन्छ ।’

सभापति लामिछानेले ०८४ सालको चुनावको लागि पार्टीदेखि वडासम्म होनाहार व्यक्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्ने तयारी भइरहेको बताए । उनले भने,‘पार्टी देखि वडासम्म एक एक होनहार व्यक्तिहरुलाई उम्मेद्वारका रुपमा तयार गर्नु नै हाम्रो यो साढे चार वर्षको गृहकार्य हो ।’

Logo