अध्यक्ष ओलीकाे टिप्पणी- एमाले सरकारमा नहुँदा अर्थतन्त्र निरन्तर ओरालो लाग्याे

अध्यक्ष ओलीकाे टिप्पणी- एमाले सरकारमा नहुँदा अर्थतन्त्र निरन्तर ओरालो लाग्याे

केन्द्रबिन्दु
3
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको टिप्पणी गरेका छन् ।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएको बताएका हुन् ।  

उनले आफ्नो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत बताएका छन् । आफू सरकारबाट हटेपछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेकोसमेत उनले दावी गरेका छन् ।

‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन्। एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’ अध्यक्ष ओलीले भने, ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’

Skip This
Skip This
Logo