काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने घोषणा गरेका छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’काे जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक संवाद हटाउन तीन दिन समय दिएपनि नहटाएको भन्दै मेयर शाहले भोलिदेखि चलचित्र निषेध गर्ने औपचारिक निर्णय लिएका हुन् । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने उनले उल्लेख गरेका छन् ।
‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।’
यस्ता छ उनको स्टाटस-





























प्रतिक्रिया