सांसद राईको प्रश्न- शरणार्थी प्रकरणमा जेल गएकाहरुको दोस्रो चरणको कारवाही कहिले सुरु हुन्छ ?

सांसद राईको प्रश्न- शरणार्थी प्रकरणमा जेल गएकाहरुको दोस्रो चरणको कारवाही कहिले सुरु हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

सांसद रामकुमार राईले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पठाएकाहरुलाई दोस्रो चरणको कारवाही कहिले देखि सुरु हुन्छ भनेर प्रश्न गरेका छन्। 

सोमबार प्रतिनिधसभाको बैठकमा सांसद राईले त्यही केसमा फरार अभियुक्तहरुको लागि रेड गर्ने नोटिस जारी गरिएको छ की छैन भनेर पनि प्रश्न गरे। 

उनले भने,‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर १६ जनालाई पुर्पक्षमा जेल पठाएको छ। तर त्यही केसमा फरार अभियुक्तहरुको लागि कुन कदम चालिएको छ। रेड कर्नर नोटिस जारी गरिएको छ की छैन। म गृहमन्त्री ज्युलाई सोध्न चाहन्छु। दोस्रो चरणको कारवाही कहिले देखि सुरु हुन्छ?’ सांसद राईले अरु विभिन्न भ्रष्टाचारको काण्डहरुपनि छानविन गर्न आग्रह गरे। 

Skip This
Skip This
Logo