राष्ट्रिय सहमतिको लागि एमाले अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार छः सांसद विष्ट

राष्ट्रिय सहमतिको लागि एमाले अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार छः सांसद विष्ट

केन्द्रबिन्दु
0
Shares

सांसद गोकर्ण विष्टले राष्ट्रिय सहमतिको लागि एमाले तयार भएको बताएका छन्।  सोमबार खर्च कटौतीको प्रस्ताव र निर्धारित विनियोजन शीर्षक माथिको छलफलमा सांसद विष्टले जलस्रोतको विकास र राष्ट्रिय हितको लागि आफूहरु तयार भएको बताएका हुन्।

उनले भने ‘राष्ट्रिय हितको लागि गरिने राष्ट्रिय सहमतिको लागि हाम्रो दल एक कदम अगाडि बढेर सरकारलाई सहयोग गर्न तयार छ तर जलस्रोतको विकास राष्ट्रिय हित भन्दा सत्तासौदावाजीको लागि सरकारलाई टिकाउन जोगाउनको लागि प्रयोग गरियो भने त्यसमा हाम्रो गम्भीर असहमति रहन्छ।’ 

सांसद विष्टले सरकारले प्रसारणलाईन निर्माणको लागि कुनै प्रयत्न नरहेको बताएका छन्। विद्युत उपयोगका लागि आन्तरिक खपतलाई बढाउनुपर्थाे तर देशमा आन्तरिक खपत कहाली लाग्दो अवस्थामा रहेको उनको भनाइ छ। 
 

Logo