सरकारले नागरिकताविहीनलाई भोट बैंकको रुपमा प्रयोग गर्ने चेष्टा गरेको अध्यक्ष लिङ्देनको आरोप

सरकारले नागरिकताविहीनलाई भोट बैंकको रुपमा प्रयोग गर्ने चेष्टा गरेको अध्यक्ष लिङ्देनको आरोप

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र प्रसाद लिङ्देनले सरकारले नागरिकताविहीनहरुलाई भोट बैंकको रुपमा परिणत गर्न प्रयोग गरेको आरोप लगाएका छन् । 

सोमवार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘नागरिकता विधेयकको प्रकृयामा प्रतिपक्षबाट जुन विरोध गर्यौं त्यसलाई सत्तापक्षले अहिले नागरिकता नपाएका नेपाली नागरिक जो छन्, भोट बैंकको रुपमा परिणत गर्ने अवसरको रुपमा प्रयोग गर्न खोजेको देखियो ।’

अध्यक्ष लिङदेनले यस विधेयकको प्रकृयामा विवाद हुन्छ भन्ने थाहा भएर पनि सुटुक्क भारत भ्रमणको बेला पास गरेर सरकारले ईमान्दारिता नदेखाएको तर्क गरे । 

Skip This
Skip This
Logo