मोर्चाको घोषणापछि प्रधानमन्त्री प्रचण्डले भने- अब हामीलाई कसैले रोक्न सक्दैन

मोर्चाको घोषणापछि प्रधानमन्त्री प्रचण्डले भने- अब हामीलाई कसैले रोक्न सक्दैन

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले घोषणा गरिएको समाजवादी मोर्चाबारे सबै कम्युनिष्ट र प्रगतिशील बामपन्थीले गहिरो गरेर विचार गर्न आवश्यक रहेको बताएका छन् । 

सोमबार समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुको सफलतालाई कसैले रोक्न नसक्ने बताएका हुन् । उनले भने ‘हाम्रो सफलतालाई कसैले रोक्न सक्दैन । हामीले हरेक पार्टीको स्वतन्त्रतालाई जर्वजस्ती सिध्याउने काम गरेका छैनौं । पार्टीको स्वतन्त्रताको रक्षा होस्, याे देश र जनताको दिद्यमान समस्याको समाधान गर्न एकताको आवश्यक छ, यसलाई सबै कम्युनिष्ट र प्रगतिशील बामपन्थीले गहिरो गरेर विचार गर्न जरुरी छ ।’ 

प्रधानमन्त्री प्रचण्डले हिजोको इतिहास र त्यसलाई सफल पार्न नसकेको तितो अनुभवलाई स्मरण गर्दै मोर्चा आवश्यक ठानिएको स्पष्ट पारे ।

‘जतिजति बेला पार्टीहरुको बीचमा निश्चित उद्देश्यको लागि मोर्चा बनेको छ र निश्चित विचार र उदेश्य सहितमोर्चा अगाडि बढेको छ र सफलभएको छ । तर मोर्चाको बाटोबाट नगएर फर्केर पार्टी एकता गर्छु भन्दा दुर्घटना भएको छ । त्यसैले म के ठान्छु भने हिजो नेकपाको प्रस्तावक समाजवादतर्फ देशलाई लान र विशाल शक्ति सञ्चय गर्ने उदेश्यका साथ अगाडि बढेको हिजोको इतिहास र त्यसलाई सफल गर्न नसकेको तीतो अनुभवलाई स्मरण गर्दै आज घोषणा गरेको मोर्चाले हिजोको अनुभवको नयाँ संश्लेषण भएको छ ।’ उनले भने ।

Logo