कांग्रेसले सिंगो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छः महामन्त्री थापा

कांग्रेसले सिंगो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छः महामन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले सिङ्गो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

सोमवार ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिला कांग्रेसले आफूलाई बदलेर मात्र देश बदल्न सक्ने टिप्पणी गरेका हुन् । उनले भने,‘नेपाली कांग्रेसले सिङ्गो पार्टी सञ्चालन गर्ने तरिकालाई बदल्न जरुरी छ । कांग्रेसले आफूलाई बद्लेन भने देश बदल्न सम्भव नहुने भएको छ । देश बदलिन्छ तर त्यो भन्दा अगाडि नेपाली कांग्रसले आफूलाई बदल्नुपर्छ, बदलिएको कांग्रसले मात्र देश बदल्न सक्छ ।’

अहिले कांग्रेस जसरी चलिरहेको छ त्यही ठीक छ भनेर बस्ने हो भने दुर्घट्नामा जाने महामन्त्री थापाको भनाइ छ ।

Logo