देश र समाजका लागि योगदान दिएका व्यक्तिहरु स्मरणीय रहन्छन्ः मन्त्री शर्मा

देश र समाजका लागि योगदान दिएका व्यक्तिहरु स्मरणीय रहन्छन्ः मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देश र समाजका लागि योगदान दिने व्यक्तिहरु जहिले पनि स्मरणीय र सम्मानित रहने बताएकी छन् । 

मंगलबार नेपालका व्यक्तित्वहरु सम्बन्धि हुलाक टिकटमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तन एवं विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई देश र जनताले कहिले नभुल्ने बताएकी हुन् । 

उनले भनिन्, ‘५ जनालाई सम्मान व्यक्त गर्न चाहान्छु, आफ्ना लागि सबैले गर्छन् तर समाजका लागि केही गर्नुपर्छ, समाजका लागि बाच्नुपर्छ भन्ने हिसाबले उहाँहरुले जसरी एउटा विचार दिनुभएको छ। त्यसबाट हामीले केही सिक्न सक्यौ र देश र जनताका लागि केही गर्ने अवसर हामीलाई प्राप्त गर्न सक्यौ भने त्यो नै उहाँहरु प्रतिको सच्चा सम्मान हो ।’ 

हुलाक सेवा विभागले मंगलबार राजनीतिज्ञ पद्मरत्न तुलाधर, साहित्यकार पूर्णप्रकाश नेपाल यात्री, हिमाल आरोही आङरिता शेर्पा, साहित्य तथा वाङमय क्षेत्रका माधवप्रसाद देवकोटा र गायिका कोइली देवीको चित्र अंकित हुलाक टिकट सार्वजनिक गरेको छ । 

Logo