सरकारले भाषिक विभेद गरेको सांसद अनिता देविको आरोप

सरकारले भाषिक विभेद गरेको सांसद अनिता देविको आरोप

केन्द्रबिन्दु
0
Shares

सांसद अनिता देविले मधेशमा बोलिने भाषालाई सरकारले विभेद गरेको आरोप लगाएकी छिन् । 

विहीबार प्रतिनीधि सभा महिला तथा समाजिक मामिला समितिसंग मधेशी आयोगको तेस्रो छलफलमा उनले सांसदहरुले मधेशी भाषामा सपथ लिने तर आफूहरुको भाषा सुचिकृत गर्न सरकारले वेवास्ता गरेको आरोप लगाएकी हुन् । 

‘यसपाली लुम्बिनी प्रदेश र मधेस प्रदेशमा सांसदहरुले सपथ लिएका छन् । अहिले सम्म मधेशी भाषाको सुचिकृत हुन सकेको छैन् । यसबारे के कती पहल भईरहेको छ । हामीले मधेशी भाषामा सपथ लिए देखि नै हाम्रो लुम्बिनीमा हाम्रो प्रदेशको विभिन्न जिल्लाहरुमा त्यसलाई स्वागत गर्दै सुचिकृत हुनुपर्छ भनेर आवाज उठाईयो । त्यसैले यसलाई सुचिकृत हुनुपर्छ ।’

अर्को प्रसंगमा उनले सरकारसंग किसानका मागहरु  सम्बोधन त भयो तर कृषि समानहरु मलहरु कहिले पाउने ? भन्दै प्रश्न समेत गरेकी छन् । किसानले आफुले पाउनु पर्ने अधिकार समेत नपाएको उनको भनाई छ । 

उनले मधेश प्रदेशमा हिंसात्मक कार्य धेरै बढ्दै गएको बताएकी छन् । विभिन्न दाईजो प्रथा,बलात्कार,हत्या जस्तो कार्य बढिरहेको र मधेशी दिदिबहीनी सुरक्षीत नभएको त्यसको लागि सरकारले पहल गर्नुपर्ने उनको भनाई छ । 

त्यस्तै, समिति सभापति समेत रहेकी सांसद रोशन कार्कीले समितिमा उठेका विषयमा थप छलफल गर्ने बताइन् । 

Logo