प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिँदैछन् । 

सो बैठकमा बिनियोजन विद्येयक २०८० को बिभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत चारवटा मन्त्रालयसहितको बजेट शीर्षकमाथि छलफल हुनेछ। जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो । यसैगरी, सो बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

Skip This
Skip This
Logo