नागरिकता विधेयक सदनमा ल्याएर छलफल चलाउन सांसद सुवालको आग्रह

नागरिकता विधेयक सदनमा ल्याएर छलफल चलाउन सांसद सुवालको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिबाट अस्वीकार भएको विधेयक नयाँ राष्ट्रपतिलाई प्रमाणीकरणको लागि पुनः अनुरोध गर्ने संवैधानिक र कानूनी व्यवस्था नभएको तर्क गरेका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सुवालले प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रमाणीकरणको लागि अनुरोध गर्ने व्यवस्था नभएको भन्दै प्रधानमन्त्रीले अनुरोध फिर्ता लिएर नागरिकता विधेयकलाई सदनमा ल्याउन जरुरी भएको बताएका हुन् । 

उनले भने, 'अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको नागरिकता विधेयक निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसदलाई छलेर मन्त्रिपरिष्दबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन । प्रधानमन्त्री त्यो अनुरोध फिर्ता हुन जरुरी छ र संसदमा नागरिकता विधेयक ल्याउन जरुरी छ ।' 

सांसद सुवालले नागरिकता प्राप्त गर्नको लागि आमाबुबा दुवै नेपाली हुनु आवश्यक भएको भन्दै नेपालमा मजदुर तथा किसानी वर्गको आधारमा राजनीतिक पार्टी स्थापना हुन आवश्यक भएको बताए । 

Skip This
Skip This
Logo