राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डोल प्रसाद अर्यालले अर्थमन्त्रीले ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको टिप्पणी गरेका छन्। धादिङ्ग काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रममा उनले अर्थमन्त्रीले ३ वटा जिल्लामा ४७ प्रतिशत र ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट राखेर ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम गरेको बताएका हुन्।
उनले भने,‘धादिङलाई सडक,शिक्षा र रोजगारमा पछाडि पारिएको छ। ९८ वटा बुदाँमा २४.३७ प्रतिशत एक्ऐलमा राखेर तानेको छ। ४ कक्षामा पढ्ने बच्चाले गर्ने काम हाम्रो अर्थमन्त्रीले गर्नुभएको छ। ३ वटा जिल्लामा ४७ प्रतिशत अनि ७३ वटा जिल्लामा ५३ प्रतिशत बजेट बाड्नु भएको छ। अपराधको पनि सिमा हुन्छ। हिजो मात्रै पनि सदनमा भनिएको छ। यसरी देश चल्दैन।’ उपाध्यक्ष अर्यालले बजेट कुनै मन्त्री,सांसद र नेताको सम्पत्ति नभएको भन्दै सबै स्थानमा समान रुपमा बाड्नु पर्ने बताए।
उनले भने,‘बजेट कसैको परिवारको घरको सम्पत्ति होईन्, कुनै नेता कुनै मन्त्री कुनै सांसदको होइन। यो भाष्य परिवर्तन गर्नुपर्छ। कुनै मन्त्रीले मैले हालेको भन्छ भने उसले अपराध गरेको हो। आफ्नो ठाँउमा मात्रै बजेट हालेर, सबैलाई मिलाएर बजेट पार्नुपर्छ।’
उनले अपराध नै अपराध भएको स्थानमा इमान्दार भएर काम गर्नु चुनौतीको विषय भएपनि इमान्दार भएर आफ्नो काम गर्ने बताए। रास्वपाले हतियार उठाउनु, समाजमा नागरिकको अहित हुने काम नगरे पनि कोही व्यक्तिहरुको लागि हाम्रो उपस्थिति असहज भएको उल्लेख गरे।





























प्रतिक्रिया