राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोल प्रसाद अर्यालले अछामको बयलपाटा अस्पतालका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभाको सुन्य समयमा उनले विदेशी दातृ निकायको सहयोगमा स्थानीयलाई निशुल्क उपचार सेवा पु-याउँदै आएको अस्पतालमा बजेट अभाव हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे ।
‘१५ वर्षदेखि सञ्चालित सो अस्पतालबाट अछामका साथै डोटी बाजुरा मुगु कालिकोट हुम्ला लगायत विकट जिल्लाका झण्डै एक लाख नागरिकले वार्षिक रुपमा निशुल्क सेवा लिइरहेका छन् । विदेशी दातृ निकायले आर्थिक सहायता कटौति गरेपछि अहिले अस्पताल संचालनका लागि चुनौति थपिएको छ ।’ उनले भने, ‘यसअघि अघिल्लो प्रदेश सरकारले ९ करोडको दायित्व लिने र बाँकी न्याय हेल्थ नेपालले व्यहोर्ने सम्झौता भएको भएपनि सो विषय बजेटमा समेटिएको छैन ।’
त्यस्तै सांसद अर्यालले अस्पताल संचालनका लागि आवश्यक बजेट उपलब्ध गराउने सहमति नै गरेको सरकार आफ्नो दायित्वबाट भाग्न खोजेको आशंका गरे । तत्काल बजेट व्यवस्था गर्न उनको माग छ । ‘अस्पताल संचालका लागि वार्षिक २२ करोड रुपैयाँ बजेट आवश्यक पर्ने देखिएकोले संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले त्यसको सुनिश्चितता गर्न म सम्माननीय सभामूख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने ।





























प्रतिक्रिया