राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना र कोरियाली राजदुतबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना र कोरियाली राजदुतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र नेपालका लागि नवनियुक्त कोरियाली राजदुत पार्क ताएयोङबीच शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार राष्ट्रियसभा अध्यक्षको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामामा दुईदेशबीचको सम्बन्धबारे छलफल भएको उनको सचिवालयले जनाएको छ। 
 
अध्यक्ष तिमल्सीनाले करिब एक घण्टाको भेटवार्तामा दुई देशबीच सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए।

उनले उक्त भेटवार्ताले दुईदेशबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाईमा पुर्‍याउने र सहयोगको क्षेत्रहरु फराकिलो हुने विश्वास व्यक्त गरे। 

उनले भने,‘दुई देशबीचको सम्बन्धको बारेमा छलफल 
गर्‍याैँ।  करिब एक घण्टा,यसले दुईदेशबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाईमा पुर्‍याउन र सहयोगको क्षेत्रहरु फराकिलो बनाउन मद्दत पुग्छ।’

उनले साथै भेटवार्ता कोरीयामा नेपाली एयरलायन्सलाई उडान भर्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको बताए।
 
उनले भने, ‘कोरियामा नेपाली एयरलायन्सलाई पनि अब उडान भर्नुपर्छ पर्यटकहरु आवत आवत सहज होस् भनेर। खर्च अलि कम लाग्ने हुँदा धेरै पर्यटक ल्याउने उद्देश्यले छलफल भएको छ।’ 

कोरियाली राजदुत ताएयोङ पनि भविश्यमा नेपालमा लगानी र पर्यटक भित्रयाउने कुरामा उत्साहित भएर गएको उनले जानकारी दिए। 

उनले भने, ‘उहाँले पनि  नेपालमा कसरी लगानी भित्र्याउने,पर्यटक भित्र्याउने भविश्यमा भन्ने कुरामा उत्साहित भएर जानुभयो।’

Logo