संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न दवाब नदिएको जिकिर गरेका छन् ।
सोमबार प्रतिनीधि सभामा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै मन्त्री किरातीले निगमको हितका लागि आफू प्रयासरत रहेको भन्दै निगमलाई घाटा पुग्ने कुनै काम नगरेको दाबी गरे ।
‘नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्ने कुनै दवाव दिइएको छैन ।’ उनले भने, ‘नेपाल बायुसेवा निगमको वित्तिय अवस्थाका सम्बन्धमा आर्थिक २०७८/७९ को नगद प्रवाह ३ अर्व ५९ करोड रहेको छ । २०७९ चैत मसान्त सम्ममा कर्मचारी संचय कोष र नागरिक लागानी कोषको गरी २ अर्व ९४ करोड क्रृण रकम भुत्तानी गरिएको छ । १ अर्व क्रृण तिर्ने तयारिमा निगम रहेको छ । ऋण भुत्तानी पक्ष पनि हाल निगमसंग १ अर्व ६५ करोड नगद रकम रहेको छ ।’
निगमले ४८ अर्ब ऋण तिर्न बाँकी रहेको मन्त्री किरातीले जानकारी दिए । ‘निगमको हालसम्मको तिर्न बाँकी ऋण ४८ अर्व छ । व्याजदरको पूनसंरचना गर्नुपर्छ ।’ उनले भने ।































प्रतिक्रिया