नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको बजेटको पक्षमा मत हाल्न ह्विप जारी गरेको छ ।
पार्टीको संघीय संसदीय दलले मंगलबार प्रत्येक सांसदहरूलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वर्षिक बजेट)को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ ।’ विज्ञप्तिमा उल्लेख छ ।
बजेटप्रति सत्तारूढ दलका सांसद नै रुष्ट भएका छन्, त्यसकारण पनि पार्टीहरुले आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ । यसअघि नेपाली कांग्रेसले पनि बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको थियो ।





























प्रतिक्रिया