प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा मुलुकको अर्थतन्त्र जागेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्दैगर्दा अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको भन्ने चिन्ताबीच अब अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका हुन् ।
‘हामीले सरकार सम्हाल्दा गम्भिर प्रकारका आर्थिक समस्या थियो। एउटा भाष्य बनेको थियो आम रूपमा । नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो ।’ उनले भने ‘यो भाष्य वौद्धिकवर्गमा मात्र सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रीलंकाको तस्बिरले सिंगो देशलाई आशंकित पारेको थियो। एक हदसम्म त्रसित बनाएको थियो। जतिसुकै निराशावादी पनि श्रीलंकाको दुस्वप्नबाट जागिसकेको छ। यसबीचमा अर्थतन्त्र केही जागेको छ । सबैजसो आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढ्दैछन् । पछिल्लो ६ महिनायता कूल विदेशी विनियम संचिति २० दशमलव ९ प्रतिशतले बृद्धि भएको छ ।’
उनले अहिले राहदानी निर्माण, राष्ट्रिय परिचय पत्रलगायतमा देखिएका समस्या समाधान भएको पनि दाबी गरे । ‘राहादानी लिन त्यस्तै सकस थ्यो । विचौलीयालाई हजारौं तिरेर र हप्तौं लाईन बसेर ठुलो प्रतिक्षा पछि मात्र राहदानी हात पर्थ्र्यो । अहिले राहादानी विभाग अगाडी भिड छैन । आवेदन दिन कुनै विचौलीया चाहिँदैन । ’ उनले भने ‘आफनै मोवाईलबाट निवेदन दिन सकिन्छ । पछिल्ला ७ महिनामा मात्र १८ लाख ४ सय ३१ विद्युतीय राहदानी विररण भएको छ । राष्ट्रिय परिचय पत्रमा पनि ठुलो सुधार आएको छ ।’































प्रतिक्रिया