प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरेको जानकारी दिएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले देशमै रासायनिक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरीसकेको र उक्त विषयमा भारत भ्रमणमा पनि गम्भिर ढंगले कुरा उठेको बताएका हुन्।
उनले भने,‘आगामी आर्थिक वर्षका लागि पनि समयमा नै रासायनिक मल व्यवस्था गर्न ३० अर्ब रकम विनियोजन गरिसकेको छ। देशमै मल कारखाना खोल्न लगानी बाेर्डले अध्ययन सुरु गरिसकेको छ। भर्खरैको भारत भ्रमणमा पनि यो विषय गम्भिर ढंगले उठेको छ।’
उनले लामो समयदेखिको समस्या समाधानका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै अहिले पनि पूर्ण रुपमा समस्या समाधान गर्न नसकिएको स्विकार गरे। ‘पछिल्लो निकै वर्षदेखी किसानले कहिल्यै समयमा मल पाएनन् मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति बद्लिएन। विश्वासको मत लिँदै मैले प्रतिवद्धता जनाएको थिए अब त्यस्तो हाहाकार हुने छैन।’
उनले भने ‘यद्यपी समस्याको समाधान अझै भएको छैन। तर मैले गरेको प्रतिवद्धता भने यस आर्थीक वर्षमा ७८ हजार मेट्रीक टन रासायनिक मलको आपूर्ति सुनिश्चीत भएको छ।’ अहिले १ लाख ९५ हजार ९ सय मेट्रक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रक टन मल अनुदानमा वितरण गरिएको उनको भनाइ छ।































प्रतिक्रिया