बजेट पारित गर्न संसदमा मत विभाजन

बजेट पारित गर्न संसदमा मत विभाजन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/८१  को बजेट पारित गर्नको लागि मतविभाजन हुने भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा गरेका थिए । तर, एमालेका सचेतक महेश बर्तौलाले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।

सभामुख घिमिरेले २८ जनामध्ये बढी सदस्यहरुले उठेर मतविभाजनको माग गरिएकाले सोहीअनुसार हुने जानकारी दिए । अहिले मतविभाजनका लागि प्रक्रिया चलिरहेको छ । 

Logo