कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने भएका छन्। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिन लागेका हुन्। बैठक दिउँसाे १ बजे बोलाइएको छ। 

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ।

एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथी विश्वासको संकट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन्। एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन्।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ। कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहनेछ। जसपा नेपालको एक मत रहेको छ। जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेका मुख्यमन्त्री कार्कीले जनाउँदै आएका छन्। 

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६,नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्। 

Logo