पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्।
बिहीवार काठमाडौँमा मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेता भण्डारीले २०४६ सालको जनआन्दोलनको एक सुत्रधार भएको भन्दै नेपाली राजनीतिमा उनको भूमिका अवस्मरणीय बताएकी हुन् ।
उनले भनिन्, ‘जननेता मदन भण्डारी २०४६ सालको जनआन्दोलनको एक सूत्रधार हुनुहुन्थ्यो। आन्दोलनको सफलतापछि राष्ट्रियताको लागि उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय छ।’ समाज रुपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको उनको भनाई छ ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार पनि प्रदान गरेकी छन्।





























प्रतिक्रिया