निर्माण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकार मैत्री हुनुपर्छः अध्यक्ष तिमिल्सिना

निर्माण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकार मैत्री हुनुपर्छः अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निमार्ण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकार मैत्री हुनुपर्ने बताएका छन् । 

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संसदको नयाँ भवनमा फोटा्, छापा, टेलिभिजनलगायत अन्य सबैलाई सहज ढङ्गले सेवाहरु पाउने व्यवस्था हुनुपर्ने बताए । उनले यी सेवा सुविधा भए संसदको प्रभावकारितालाई बढाउने र संसदलाई आम नागरिकसँग जोड्ने काम गर्ने बताए । 

उनले भने, संसदको नयाँ भवनहरु बन्दै छन्, मैले सुरु देखि नै त्यहाँगएर अवलोकनहरु गर्ने गरेका छौ । मिडिया मैत्री हुनुपर्छ, सहजै रुपमा पहुँच र सुविधाहरु हुने गरि सबै प्रकारका फोटो पत्रकारिता, छापा पत्रकारिता, टेलिभिजन सबैलाई राम्रो सुविधाका साथकुनै अपमान नि नहुने सहज ढङ्गले सबै सेवाहरु पाउने व्यवस्था भयो भने त्यसले संसदको प्रभावकारितालाई बढाउछ र संसदलाई आम नागरिकसँग जोड्न सक्छ । 

अध्यक्ष तिमिल्सिनाले सभामुख, अध्यक्ष र अरु मन्त्रीले के गर्यो भन्दा पनि कुन विधेयक के कारणले कुन समितिमा थन्किएको छ भनेर बुझ्ने हो भने सम्बन्धित संस्थालाई दबाब पर्ने बताए । उनले भने, विधेयक थन्क्याउने विषयमा हामीले हेर्नै पर्ने हुन्छ । कुन विधेयक यहाँ आएर कति बस्यो, कुन समितिले किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ । सभामुखले, अध्यक्षले, अरु मन्त्रीले के गर्यो भन्ने कुरा खोज्दै लेख्ने तर विधेयकको विषयमा नलेख्ने अनि संसदीय मामिला के हुन्छ । विधेयकको बारेमा पनिआउने हो भने सम्बन्धित संस्थालाई दबाब पर्छ काम हुन्छ । कमि, कमजोरी देखाउनको लागि गरिएको आलोचना विकासको लागि आवश्यक भएको पनि अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

Logo