उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज स्वदेश फर्किँदै छन् ।
गैरआवासीय नेपालीसंघको ओमानको राजधानी मस्कटमा बुधवारदेखि भएको ८औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई प्रमुखअतिथिको रुपमा सम्बोधन गर्न उपप्रधानमन्त्री खड्का बुधबार मस्कट पुगेका थिए । सम्मेलनमा उनले सरकार र एनआरएनबीचमा अझ बढी विश्वास कायम गर्दै काम गर्नुपर्नेमा जोड जोड दिए ।
उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा गर्दै देशको विकासमा थप योगदान दिन अपिल समेत गरेका थिए । उनी आज राति काठमाडौं फर्किनेछन् ।































प्रतिक्रिया