प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ

प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्न मिल्दैनः गृहमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत भएको बताएका छन्।

प्रेस सेन्टर नेपाल, चितवन शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताएका हुन्।
 
संसद् बैठक अवरोध गर्ने दलहरुले संसद् सञ्चालन गर्न सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको उल्लेख गर्दै उनले यस विषयमा प्रधानमन्त्री दाहालले नै स्पष्ट पार्ने बताए। 

लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्बाट संविधानअनुसार हुने जिकिर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संवैधानिकरुपमा कुनै विकल्प छ भने आफूहरु मान्न तयार रहेको बताए।

उनले भने, ‘स्टन्टबाजीको रूपमा बाहिर प्रचार गर्नु र भाषण गर्दा बोल्नु एउटा कुरा हो, तर प्रधानमन्त्री जो  बहुमतद्वारा निर्वाचित छ, उहाँको राजीनामा माग गरेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो। त्यसो गर्न मिल्दैन।’

Skip This
Skip This
Logo