कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले ३० दिनभित्र विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भए लगतै संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँने क्रममा थापाले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।
मुख्यमन्त्री थापाले सभामुखले वर्तमान सरकार गठनका क्रममा गरेको हस्ताक्षरको विषयमा आउने दिनमा संविधानको व्याख्यामार्फत प्रष्ट पार्ने संकेत गरे । सभामुखलाई विवादमा पार्नुभयो उहाँले राजीनामा दिनुहुन्छ भन्ने प्रश्नमा थापाले भने, ‘सभामुखबाट राजीनामा हुँदैन ।’
उनले आफ्ना प्राथमिकता प्रदेशको विकास र समृद्धि रहेको बताए । ‘यो सरकारको प्राथमिकता समग्र प्रदेशको विकास र समृद्धि, आर्थिक उन्नतिको कुरा नै हुनेछन् । स्वास्थ्य, शिक्षा प्राथमिकतामा रहनेछ । पहिचानको मुद्दालाई पनि वार्ताको माध्यामबाट वार्ता समिति गठन गरेर अधिकतम सम्बोधन गर्ने प्रयास गर्छौँ,’ थापाले भने । थापाले प्रदेशको नाम अहिले परिवर्तन नहुने स्पष्ट पारे ।





























प्रतिक्रिया