शुक्रबार देशैभरका स्थानीय जनप्रतिनिधिले सिंहदरबार घेर्ने

शुक्रबार देशैभरका स्थानीय जनप्रतिनिधिले सिंहदरबार घेर्ने

केन्द्रबिन्दु
0
Shares

देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि (शुक्रबार) सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् । 

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए । त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।

Logo