एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छः रास्वपा महामन्त्री ढकाल

एमालेले विकल्प दिएर मात्र प्रधानमन्त्रीको राजीनामा माग्नुपर्छः रास्वपा महामन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको स्पष्ट पारेका छन्।  उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका हुन्। 

ढकालले  पत्रकारहरूसँग कुराकानी गर्दै भने,‘प्रधानमन्त्रीले किन बोल्नुभयो आफ्नो कुरा स्पष्ट पार्नुपर्छ। उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ।’ नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार विकल्प बिना प्रधानमन्त्रीको राजीनामा माग्न नहुने जिकिर गरे। उनले भने,‘यो कुरा एमालेले बुझ्नुपर्छ । प्रधानमन्त्री राजीनामा माग्दा  विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन।’ 

महामन्त्री ढकालले काँग्रेस–एमालेलाई मिलेर सरकार बनाउन पनि सुझाव दिए। ढकालले भने, ‘माओवादी सरकारमा टाँसिरहन्छ। काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने हो भने रास्वपा प्रतिपक्षमा बस्छ। २०७९ को निर्वाचनको जनमत र जनादेश पनि यही हो।’

Logo