प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्तिः संसद चल्न दिन्छौं, जवाफ माग्छौं

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्तिः संसद चल्न दिन्छौं, जवाफ माग्छौं

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतले प्रधानमन्त्री भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन् । 

‘प्रधानमन्त्रीले त्यस्तो गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो ।’ उनले भने, ‘नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको। हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौं हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौं ।’

सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै उनले आक्रोश पोखे । अमुक भ्रष्टाचारको जरो उखाल्नु आफ्नो पार्टीको मुख्य लक्ष्य भएको बताएका छन्। उनले भने, ‘बालकोटमा पुस १० गते सम्झौता हुदाँ नै न्युनतम साझा कार्यक्रमका आधारमा सरकारका जाने निर्णय भएको हो ।’ 

आफ्नो पार्टीलाई विचारविहीन पार्टी भनिएको भन्दै उनले भने, ‘हामीसँग विचार र सिद्धान्त छैन भनेर भन्नेहरुलाई सुनिरहेका छौँ र दुईवटा कानको प्रयोग पनि गरिरहेका छौँ ।’ 

Logo