कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काँग्रेसबाट नियुक्त भएका रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनीहरू तीनै जनालाई मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री नियुक्त गरेका थिए।आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ। अरु भने विनाविभागीय छन्।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए। सो दिन नेपाली काँग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन।

Skip This
Skip This
Logo