बालुवाटार बैठककाे निर्णयः संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने

बालुवाटार बैठककाे निर्णयः संसदको अवरोध हटाउन एमालेसँग छलफल गर्ने

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनले संसदको जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । 

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन प्रधानमन्त्रीको राजीनामा माग्दै आएको एमालेसँग छलफल गर्ने निर्णय गरेको हो । गठबन्धनले केहीबेरमा एमालेसँग सिंहदरबारमा छलफल गर्ने तयारी गरेकाे छ ।

एमालेलगायत प्रतिपक्षी दलले प्रधानमन्त्रीको विवादीत अभिव्यक्तिलाई लिएर राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेको छ। आज प्रतिनिधि सभाको बैठकमा सरकारले तीन विधेयक अघि बढाउने तयारी गरेको छ भने तीमध्ये ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गर्ने सम्भावित कार्यसूची छ। 

Logo