प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प छैनः सांसद न्यौपाने

प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प छैनः सांसद न्यौपाने

केन्द्रबिन्दु
0
Shares

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको आइतबारको बैठक अवरुद्ध गरेको छ।
 
आइतबार बिहान साढे ११ बजेपछि सुरु भएको बैठक एमाले सांसदको अवरोधपछि स्थगित भएको हाे। प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर राष्ट्रिय सभा र प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ। एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीले राजीनामा दिनुको विलल्प नरहेको भन्दै प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताइन्। 

त्यस्तै,उनले प्रधानमन्त्री भारत गएर राष्ट्रघाती सहमति गरेको आरोप समेत लगाएकी छिन्। उनले भनिन्,‘उहाँले फुकोट कर्णाली जो मन्त्रिपरिषद्ले पास गरेर नीति कार्यक्रममा नेपालले बनाउने गरि नेपालको पानी जनताको लगानी कार्यक्रम अर्न्तगत नेपालले बनाउने संसदले पारित गरेको फुकोट कर्णाली उहाँले भारतलाई सुम्पिएर आउनुभयो।’

Logo