केन्द्रबिन्दु बुलेटिन : ‘प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरुको रिसमा संसदमा आगो लगाए’ (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ‘प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरुको रिसमा संसदमा आगो लगाए’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधिसभाको विघटन गरेसँगै राजनीतिक दल, नागरिक समाज, कानुन व्यवसायी लगायतले दैनिकजसो प्रतिनिधिसभा विघटनको विषयमा विरोध तथा अन्तर्क्रिया कार्यक्रम गर्दै आएका छन् । यसैबीच आज प्रतिनिधिसभा विघटन बारे नेता तथा कानुन व्यवसायीहरुद्वारा अन्तर्क्रिया गरेका छन् । अन्तर्क्रियामा वक्ताहरूले प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरुको रिसमा संसदमा आगो लगाएको भन्दै प्रतिनिधिसभालाई जिवित गर्नुपर्नेमा जोड दिएका छन् ।

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आए तयार रहन आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । सोमबार अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आन्दोलन बढाउँदै जाने र आम हड्तालतिर जानु पर्ने अवस्था आए तयारी रहन आह्वान गरेका हुन् ।

प्रतिनिधिसभा विघटन विरुछका मुद्दामाथिको सुनुवाई सोमबार पनि हेर्दाहेर्दैमा सकिएको छ । मुद्दाको निरन्तर सुनुवाई मंगलबार पनि जारी राखिने भएको छ । मुद्दा माथिको बहस दिनानुदिन लम्बिएसँगै कानुन व्यावसायीहरूलाई इजलासले समय व्यवस्थापन गरि बहस छोट्याउन सुझाव दिएको छ ।

राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा अर्को खेलमा बागमती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

वेलायतबाट फैलिएको कोराना भाइरसको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ । केही दिन अघि वेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ३२ वर्षीय र ६७ वर्षीय पुरुषमा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको हो ।

Logo