पूर्वसुरक्षा अधिकारीसँग गृहमन्त्रीको अन्तरक्रियाः अखण्डता, स्वाधीनता, सुरक्षाबारे छलफल

पूर्वसुरक्षा अधिकारीसँग गृहमन्त्रीको अन्तरक्रियाः अखण्डता, स्वाधीनता, सुरक्षाबारे छलफल

केन्द्रबिन्दु
0
Shares

 उपप्रधान मन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले, देशको सुरक्षा व्यवस्था प्रभावकारी र चुस्त दुरुस्त बनाउन विभिन्न सुरक्षा जानकारसँग सुझाव लिएका छन् ।

गृह मन्त्रालयमै आयोजित सुरक्षा निकायका पूर्व उच्च अधिकारीसँग शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा उनले, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै मूलभुत रूपमा सुशासन, समृद्धि र सामाजिक न्यायबारे सुझाव लिएका हुन् ।

अन्तर्क्रियाको सुरुमै गृहमन्त्री श्रेष्ठले, ‘नेपाल प्रहरी सङ्गठन, सुरक्षा प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान र समग्र गृह प्रशासनलाई, कामकारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन के गर्नुपर्न भनेर सुझाव दिनुहुन्छ भन्ने विश्वास छ।’

उनले सरकारको मुख्य राष्ट्रिय कार्यभार सार्वभामिकता, अखण्डता र स्वाधीनता रहेको भन्दै त्यसको सुदृढीकरणका लागि आवश्यक सुझावका लागि आग्रह गरे ।

‘राष्ट्रिय कार्यभारका रूपमा नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै मूलभूत रूपमा सुशासन, समृद्धि र सामाजिक न्यायमा केन्द्रित छौ । सरकारले आफ्नो केन्द्रीय कार्यभार यसैलाई बनाएको छ ।’ उनले भने ‘त्यसमा राजनीतिक परिवर्तन पछि राजनीतिक परिवर्तन जुन आयाममा भयो त्यसले माग गर्ने विकास र समृद्धि हुन सकेको छैन । ’

उनले केही प्रयास भए पनि गुणात्मक परिवर्तन हुन नसकेको गुनासो गरे ।‘हामीले केही काम त गरेका छौँ । तर त्यो काम राजनीतिक परिवर्तनले निर्देशन दिए जस्तो नेपाली समाजका तत्कालीन आवश्यकता पूरा गर्न सक्ने र नेपाली जनताको अपेक्षा अनुसार काम गर्न सकेन, गुणात्मक परिवर्तन यस क्षेत्रमा नेपालले गर्न सकेन त्यसकारण अहिले हामी समृद्धिको प्रक्रियालाई तीव्र बनाउने र आम नेपाली जनतालाई यो राजनीतिक परिवर्तनको अनुभूति दिलाउन चाहन्छौँ । त्यसको लागि नयाँ ढाँचा प्रस्तुत गर्नुपर्छ । ’ उनले भने ।

सामाजिक सुशासन स्थापित नभएसम्म देशका सुशासन स्थापित हुन नसक्ने उनको भनाई छ । ‘विधिको पालनामा, संस्थागत काममा आफूलाई भ्रष्टाचार र अनियमितताबाट मुक्त गरेर स्वच्छ कसरी बनाउने भन्ने कुरामा हामीले ध्यान नदिने हो भने जनताको क्षेत्रमा, देश र समाजका सुशासन स्थापित गर्ने प्रभावकारी हुन सक्दैन्।’ उनले भने ‘त्यसैले आन्तरिक रूपमा हाम्रो संस्थामा कसैलाई पक्षपात नहुने, व्यवस्थित गर्ने, कार्यदक्षता प्रभावकारी नगरे सम्म प्रभावकारी हुँदैन् भन्ने विषयमा पनि हाम्रो ध्यान गएको छ । ’

Logo