सत्ता टिकाउन परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काम प्रधानमन्त्रीबाट भएकाे छः प्रदीप ज्ञवाली

सत्ता टिकाउन परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काम प्रधानमन्त्रीबाट भएकाे छः प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन्।

त्रिभुवन विश्वविद्यालय र एसियाली अनुसन्धान केन्द्र (सिनास)ले सोमबार कीर्तिपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम गरेकाे  बताए। 

उनले भने, “निश्चिय नै ऊर्जामा हामी भारतसँग नै साझेदारी गर्ने। तर त्यसमा पनि तपाईसँग आफ्नो हातमा त केही हुनु पर्‍यो नि। २७ वर्षदेखि पञ्चेश्वर, १२ वर्षदेखि अपर कर्णाली, त्यसमाथि फुकेट कर्णाली, त्यसपछि पश्चिम सेती, अरुण, लोअर अरुणहरुको कुरा सुन्छौंँ, त्यसमा साझेदारी हुन्छ कि हामी एकदमै हात बाँधेर। किनभने बजार एउटै छ। लिन्न भनेपछि खेल खत्तम। यो खालको स्थितिबाट जान हुँदैन। राष्ट्रिय हितहरुको सन्दर्भमा पनि त्यो सन्तुलनलाई हामीले गुमाउन्नु हुन्न।”

Logo