किन कुटिन् गाउँपालिका उपाध्यक्षले अध्यक्षलाई ?

किन कुटिन् गाउँपालिका उपाध्यक्षले अध्यक्षलाई ?

केन्द्रबिन्दु
0
Shares

जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षमाथि हातपात गरेका आरोपमा सोही गाउँपालिकाकी उपाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले आइतबार गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी थिइन्। सोमबारबाट सुरू भएको आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासि हातपात गरेको उजुरीपछि उनी आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। अध्यक्ष बुढाले आफूमाथि उपाध्यक्ष मल्लले सुरुमा थप्पड हान्दै हातपात गरेको र पछि चप्पलले समेत हिर्काएको बताएका छन्। 

उता उपाध्यक्ष मल्लले आफूले हातपात गरेको स्वीकार गरेकी छन्।अध्यक्ष बुढाले आफ्नो पक्षमा काम नगर्ने बित्तिकै प्रमुख प्रशासकीय बदल्ने काम गरिरहेको उनको आरोप छ। १० असारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूलाई जानकारी नगराई कार्यक्रम गरिएको मल्लको आरोप छ।

आफूले अत्याचार सहन नसकेर कुनै उपाय नलाग्दा हातपात गर्न बाध्य भएको र अध्यक्ष बुढाले आफ्नो अधिकारलाई कुण्ठित गरेको र आफू निकै पीडित रहेको मल्लको भनाइ छ। गाउँपालिका अध्यक्ष दानबहादुर बुढा कांग्रेसका हुन् भने उपाध्यक्ष मल्ल नेकपा (एकीकृत समाजवादी) की हुन्।

Logo