नेपाली राजनीति इतिहासकै नाजुक अवस्थामा छ: कांग्रेस नेता, कोइराला

नेपाली राजनीति इतिहासकै नाजुक अवस्थामा छ: कांग्रेस नेता, कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शेखर कोईरालाले नेपालको राजनीति अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिएको बताएका छन् । 

‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ नामक पुस्तक लोकापर्ण कार्यक्रममा उनले नेपालको राजनीतिमा लोक रिजाई गर्ने प्रवृत्ति बढ्दै गएको हुनाले नेपालको राजनीतिक परिस्थिति अत्यन्तै नाजूक भएको बताए । उनले लोक रिजाईको प्रवृत्तिबाट समाजको कुनैपनि क्षेत्र अछुतो नभएको भन्दै यसमा लोकतन्त्रवादीहरुले ध्यान दिनुपर्ने बताए । 

उनले भने, ‘आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृति कुनै क्षेत्र पनि अछुतो देखिदैँन्, यस्तो बेला हामी लोकतन्त्रवादीहरुले भ्रष्टाचारको अन्त्य गर्न कुराहरु बुझ्न जरुरी छ र त्यसलाई अमन गरेर अगाडि बढ्नै पर्छ । ’

उनले पुस्तक लेखकलाई राजनीतिलाई पनि पुस्तक सँगसँगै लिएर अगाडि बढ्नु पर्ने भन्दै यसबाट नेपाली काङ्ग्रेसलगायत सबैलाई राम्रो हुने बताए । ‘सायरेम्मा राष्ट्रवाद कि राष्ट्रप्रेम ?’ भन्ने पुस्तक राष्ट्रवाद, देशप्रेमको विषयमा भएको हुदाँ सबैले पढ्न आवश्यक भएको पनि उनको भनाई छ । 
 

Logo