जसपाले फेर्‍यो झन्डा र लोगो

जसपाले फेर्‍यो झन्डा र लोगो

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ। विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ। यसैगरी यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। पहिलेको लोगोमा मुठ्ठीसहितको हात राखिएको केन्द्रीय विभाग प्रमुख बस्नेतले बताए।

Skip This
Skip This
Logo